Rule 18
व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्ने

(१) मदिराको उत्पादन प्रक्रिया समाप्त भएपछि त्यस्तो मदिरा राखिएको प्रत्येक बोतलमा व्याच नम्बर, सिलसिलेवार नम्बर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, टेडमार्क र शक्ति लेखिएको लेवल अंकित गरी गोदाममा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोदाममा पठाउँदा अनुसूची–९क बमोजिमको ढाँचामा व्याच नियन्त्रण खाता प्रमाणित गरी राख्नु पर्नेछ ।